मुक्तिनाथमा भारतीय पर्यटकको मृत्यु

जोमसोम—मुस्ताङको मुक्तिनाथमा (हाईअल्टिच्युड) लेंक लागेर एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको बैङ्लोरदेखि मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न आएकी ६७ वर्षीया सौभाग्यवतीको लेंक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
भारतको बैङ्लोर देखि २५ जनाको भारतीय दर्शनार्थाी टोली पोखरा—जोमसोम हवाई सेवा मार्फत बिहिबार बिहान मुस्ताङको जोमसोम आईपुगेका थिए । उनीहरु जोमसोमबाट बस चढेर मुक्तिनाथ मन्दिर पुगेका थिए ।
मुक्तिनाथ मन्दिरको १०८ धारामा स्नान गर्दैगर्दा मृत्यु भएकी सौभाग्यवती लेंक लागेर ढलिन् ।उनी श्वासप्रश्वासमा समस्या देखिएका कारण बेहोस भएकी थिईन । उनलाई ट्याक्सीमा राखेर उपचार गर्न जोमसोम अस्पताल ल्याउने क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी धनबहादुर अधिकारीले जानकारी दिए । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यता, मृतकका आफन्तहरुले लेंक लागेर मृत्यु भएकी महिलाको लागि मुक्तिनाथमा तत्काल अक्सिजन र उपचारको व्यवस्था हुन नसकेको बताएका छन् ।उनीहरुले मुक्तिनाथमा अक्सिजन र प्रारम्भिक उपचार हुन नसकेको उल्लेख गरे ।
मुक्तिनाथमा योसंगै चालु वर्षको ६ महिनामै ११ जनाले हाईअल्टिच्युड अर्थात लेंक लागेर मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । मुस्ताङ अस्प्ताल जोमसोमका एमडिजिपी डाक्टर मुखिया घलेले पछिल्लो समय लेंक लागेर भारतीय पर्यटकको मृत्यु हुने क्रम बढेको बताए । उनका अनुसार कतिपय भारतीय पर्यटकले उच्चउचाईको भूगोलमा होल्डिङ नगरी आउने गरेको, स्वास्थ्य परीक्षण नगर्ने र दीर्घ रोगी का समस्या भएका भारतीय पर्यटकहरुले आवश्यक सजगता अपनाउन नसक्दा लेंक लागेर स्वास्थ्य समस्या आउने गरेको बताए । मुस्ताङ आउँने भारतीय पर्यटकलाई स्वास्थ्य सचेतना सम्वन्धि जानकारी दिन आवश्यक रहेको औल्याए ।
मुक्तिनाथ मन्दिर समुन्द्री सतहदेखि ३८ सय मिटरको उचाईमा अवस्थित छ ।





जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया