मुक्तिनाथमा ज्योतिषीहरुको अन्तराष्ट्रिय ‘ज्योतिष, वास्तु तथा तन्त्र’ सम्मेलन

समाधान संवाददाता २०८० जेठ ४ गते १७:०९

जोमसोम–हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरमा ज्योतिषहरुको ‘ ज्योतिष, वास्तु तथा तन्त्र ’सम्वन्धि अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनका लागि नेपालको अधिकाम्श जिल्लाका ज्योतिष विज्ञ तथा भारतबाट डा. अशोक कुमार मिश्र, लगायतको टोली सहभागी छन् ।

Advertisement


धार्मिक पर्यटन प्रर्वद्धन, सबै विभिन्न ज्योतिष विधामा अनुभव, आदान–प्रदान,ज्योतिषको जिज्ञासाहरुको समाधान,ज्योतिष आचारसहिंताको कार्यान्वयन गर्न र ज्योतिषी गुरुहरुलाई विभिन्न अवार्डद्वारा सम्मान वितरण गर्ने लगायतका कार्यक्रम समेट्दै दक्षिण एसियाली ज्योतिष महासंघ गण्डकी प्रदेशले सम्मेलन आयोजना गरेको हो ।
ज्योतिष वास्तु तथा तन्त्र अन्तर्राष्ट्रिय सम्मेलन जेठ ४ गतेदेखि ६ गतेसम्म संञ्चालन हुने जनाईएको छ । यसका लागि विश्व ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषदको समेत सहभागी रहेको बताईएको छ ।

सम्मेलनमा भाग लिन नेपाल र भारतका गरी ६२ जनाको सहभागिता रहेको दक्षिण एसियाली ज्योतिष महासंघ गण्डकीका अध्यक्ष बिष्णु सुवेदीले जानकारी दिए । वास्तु तथा तन्त्र सम्मेलनमा प्रमुख अतिथिको रुपमा विश्व ज्योतिष महासंघका अध्यक्ष पन्चाङ्गकार डा. लोकराज पौडेल छन् भने दक्षिण एसियाली ज्योतिष महासंघका अन्तराष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थी , दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष सहदेव बिष्ट, आचार्य लक्ष्मण गौतम लगायतका ज्योतिषका विद्वान् हरुको उपस्थिति रहेको ज्योतिष महासंघ गण्डकीका अध्यक्ष सुवेदीले उल्लेख गरे । उनले गण्डकी प्रदेश ज्योतिष महासंघले पहिलो पटक अन्तराष्ट्रिय स्तरकै पहिलो कार्यक्रम मुक्तिनाथधामबाट सुरु गरेको जनाए ।सम्मेलनमा ज्योतिष वास्तु तथा तन्त्रको पूर्वीय दर्शनका विभिन्न क्रियाकलाप संञ्चालन हुने अध्यक्ष सुबेदीको भनाई छ ।


ज्योतिष, वास्तु तथा तन्त्र सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलनको विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेलले एक समारोहकाबीच उद्घाटन गरे ।उनले धार्मिक क्षेत्र मुत्तिनाथबाट सुरु भएको सम्मेलनले विश्व समुदाय माँझ ज्योतिष, वास्तु तथा तन्त्रको शिक्षा, प्रर्वद्धन र धार्मिक पर्यटनलाई टेवा पुग्ने बताए ।


वास्तु तथा ज्योतिष सम्मेलनमा फलित ज्योतिष सम्वन्धि डा. लोकराज पौडेल, वास्तु सम्बन्धि आचार्य लक्ष्मण पन्थी, तन्त्र ज्ञान सम्वन्धि डा.सहदेव बिष्ट र धर्मशास्त्र सम्वन्धि पण्डित विष्णु प्रसाद सुवेदीले प्रशिक्षण दिने बताईएको छ । अन्तराष्ट्रिय सम्मेलनको पहिलो दिन मुक्तिनाथ मन्दिरमा वैदिक पुजा अनुष्ठान,तान्त्रिक अनुष्ठान र करिव २० जनालाई विशेष सम्मान र सहाभागीहरुलाई मुक्तिनाथ अवार्डद्धारा सम्मान गरिएको अन्तराष्ट्रिय समितिका सभापति लक्ष्मण पन्थीले जानकारी दिए । सम्मेलनमा श्री खाटु महाराज भित्ते पात्रोको पनि लोकार्पण गरिएको उनले बताए ।

Advertisement


सभापती पन्थीले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथबाट ज्योतिषहरु एकै स्थानमा उपस्थित भई सम्मेलन आयोजना भएको र यसलाई धार्मिक पर्यटनलाई टेवा पुग्ने विश्वाश व्यक्त गरे ।

तपाईको प्रतिक्रिया