पोखरामा नगर बसको ठक्करबाट मृत्यु
समाधान संवाददाता
२०८० जेठ ४ गते २१:२४

पोखरा
पोखरामा नगर बसले ठक्कर दिँदा स्कुटरमा सवार पुरुषको मृत्यु भएको छ । छोरेपाटनबाट विश्व शान्ति स्तूपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखरा महानगरपालिका २५ हेमजाका ४६ वर्षीय तुलसीप्रसाद त्रिपाठीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
घाइते भएका त्रिपाठीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी विकले बताए ।
स्कुटरमा सवार पोखरा ५ मालेपाटनका २२ वर्षीय शिशिर त्रिपाठी घाइते छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित







गण्डकको सेयर पुँजी पौने ३ करोड
हिउँ चितुवाको सर्वेक्षण सुरु
पोखरा–२१ मा सुन्तला महोत्सव गते
सम्पादकीय—नयाँ चुनाव र ओलीका चुनौती
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया