मुस्ताङको घरपझोङमा बृहत्त सरसफाई अभियान सुरु

जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले कालिगण्डकी नदी तथा जोमसोम बजारक्षेत्रको बृहत सरसफाई गरेका छन् । सदरमुकाम समेत रहेको जोमसोम बजारक्षेत्रलाई स्वच्छ,सफा,सुन्दर र वातावरणमैत्री तुल्याउन घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी शुक्रबार पालिका सरसफाई अभियानमा जुटेका हुन् ।
सरसफाईमा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन,उपाध्यक्ष जमुना थकाली,५ वटै वडाका वडाध्यक्षहरु,गाउँकार्यपालिकाका सदस्यहरु,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आर्चाय लगायत गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरु सरसफाई अभियानमा जुटेका हुन् । उनीहरले जोमसोम स्थित पक्की पुलको कालीगण्डकी नदीको तटीय क्षेत्रसहित जोमसोम बजारक्षेत्रको बृहत सरसफाई गरेका हुन् ।सरसफाईमा पालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ३५ जनाको सहभागिता रहेको जनाईएको छ । सरसफाईका क्रममा निक्लिएका कुहिने फोहोरलाई जलाएर नष्ट गरिएको छ भने नकुहिने सिसाका बोतल,फलाम,प्लास्टिक र टिन जस्ता फोहोरलाई एकत्रित गरी व्यवस्थापन गरिएको छ ।
यसअघि घरपझोङ गाउँपालिकाले प्रत्येक महिनाको पहिलो हप्ता शुक्रबारको दिन जोमसोम बजार क्षेत्र र कालिगण्डकी नदीको बृहत सरसफाई गर्ने निर्णय गरेअनुसार जनप्रतिनिधि र कर्मचारी फोहोर व्यवस्थापन तथा सरसफाईमा जुटेको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । मुस्ताङ जिल्लाको प्रमुख पर्यटकीय सहर जोमसोमलाई स्वच्छ,सफा,सुन्दर र वातावरणमैत्री तुल्याउन स्थानीय तहको दायित्व रहेको गाउँपालिका अध्यक्ष लालचनले उल्लेख गरे ।
गाउँपालिकाले सिसाका बियर बोतलहरु बैशाख महिनादेखि बिक्री वितरण गर्न रोक लगाएको अध्यक्ष लालचनले जनाए । बियरको बोतल व्यवस्थापन गर्न अपठ्यारो परेको र यसका सट्टामा क्यान बिक्री गर्न व्यवसायीलाई अनुरोध गरिएको अध्यक्ष लालचनले बताए ।
चालु आर्थिक वर्षभित्रै फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको र यसका लागि १ करोड बजेट समेत विनियोजन भईसकेको अध्यक्ष लालचनले बताए ।
घरपझोङ गाउँपालिकाका जनप्रतिनिधिहरुले पालिकाको नियमित कामकाँजलाई असर नपर्ने गरी कार्यालय खुल्ने समय अगावै सरसफाई गर्न जुटेका हुन् ।
घरपझोङ गाउँपालिकाले स्थानीय पालिकाबासी जनसमुदायलाई अन्धाधुन्द रुपमा फोहोर नफ्याक्न समेत अनुरोध गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद अचार्यले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङलाई स्वच्छ र सफा राख्न स्थानीय तहको महत्वपूर्ण भूमिका रहने बताए ।
अनाधिकृत फोहोर मिल्काउने परिपाटी र फोहोरलाई व्यवस्थित गर्न चाँसो नदिदा प्रदुषण बढ्ने संम्भावना रहेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत आचार्यले पर्यटकीय सुन्दरता कायम गर्न र पर्यटकलाई मुस्ताङको सुन्दर्यताप्रति आर्कषण राख्न सरसफाईका साथै सचेतनाको समेत खाँचो रहेको बताए ।
गाउँपालिकाले फाहोर व्यवस्थापनका लागि सरसफाई अभियानमा सबैको अपनत्व आवश्यक रहेको उल्लेख गर्दै भावी दिनमा सबै सरोकारवालासंग सहकार्य गरी अघि बढ्ने जनाएको छ । घरपझोङ गाउँपालिकाले हालै फोहोर मैला व्यवस्थापन विधयेक पारीत गरेको छ । पालिकाको एघारौ गाउँसभा अधिवेशनले पालिकालाई वातावरणमैत्री तुल्याउन फोहोर मैला व्यवस्थापन विधयेकलाई ऐन रुपमा कार्यान्वयनमा लैजाने तयारी गरेको जनाएको छ ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया