खुद्रा बजेट नपठाउन गाउँपालिका महासंघको आग्रह

पोखरा
गाउँपालिका महासंघ गण्डकी प्रदेश समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई खुद्रा बजेट नपठाउन आग्रह गरेको छ । महासंघले मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै साना आयोजनाले नतिजा निकाल्न नसकिएको भन्दै ठूला आयोजनामा जोड दिन आग्रह गरेको हो ।
‘स–साना आयोजना तथा कार्यक्रममा बजेट पठाउँदा कार्यान्वयनमा दोहोरोपना आउने, व्यवस्थापन लागत बढी लाग्ने र अनुगमन तथा सुपरीवेक्षणमा समेत समस्या परेको छ । प्रदेश सरकारबाट विनियोजन गर्ने विकास आयोजनाहरुलाई खुद्रा रूपमा नभई ठुला आयोजनामा मात्र जोड दिन आग्रह गर्दछौं । साथै योजना बैंक बनाई तल्लो तहबाट माग भई आएको योजनाहरु प्राथमिकतामा राख्न प्रदेश सरकारको ध्यानाकर्षण गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।
प्रदेशले सुरु गरेर अधुरा रहेका आयोजना पूरा गरेर मात्रै अरु आयोजनामा लगानी गर्न महासंघको माग छ । ज्ञापनपत्रमा भनिएको छ, ‘प्रदेश सरकारबाट शुरु गरिएका अधुरा आयोजनाहरु पुरा गरेर मात्र अन्य आयोजनाहरुमा लगानी गर्नुपर्छ । प्रदेश सरकारले सञ्चालन गर्ने आयोजना तथा कार्यक्रमहरु कम्तिमा प्रदेशको गौरब र समग्र विकासमा योगदान पुग्ने प्रकारका हुनुपर्यो ।’
प्रदेशले पालिकालाई दिने समपुरक कोषको आकार बढाउनुपर्ने, सशर्त अनुदान भन्दा समानीकरण अनुदानमा ध्यान दिनुपर्ने, स्थानीय सरकारको कानून निर्माण गर्दा पालिकासँग समन्वय गर्नुपर्ने माग राखेका छन् । महासंघका गण्डकी अध्यक्ष नवराज ओझा, सचिव जोकलाल बुढा र सहसचिव सीता अधिकारी सहितको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया