डा जगमान गुरुङको अभिव्यक्ति प्रति नौंचु पैंगीलामा आपत्ति

समाधान संवाददाता २०८० जेठ ८ गते ११:५७

पोखरा ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा जगमान गुरुङले दिएको अभिव्यक्ति प्रति नौंचु पैंगीलामा परिवारले आपत्ति जनाएको छ । कास्कीको याङ्जाकोटमा गत वैशाख २२ गते बुद्ध जयन्तीको दिनमा आयोजित एक कार्यक्रममा गुरुङले नौंचु पैंगीलामा गुरुङहरुको मानमर्दनमा ठेस पुर्याउने अभिव्यक्ति दिएका थिए ।

नौंचु पैंगीलामा गुरुङ ताङतिङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा जगमान गुरुङले माफी माग्नु पर्ने जनाएको छ । ‘उहाँ जस्तो नेपाल सरकारको सार्वजनिक पद धारण गरिसकेको व्यक्तिले प्रचलित कानून र संविधान विपरित आधारहीन भ्रामक कुराहरु गरेर कुनै जातीय, समुदाय विशेष र गाउँलाई होच्याउने, मान मर्दन गर्ने कार्य, जातीय विद्वेष र सामाजिक सद्धभाव बिथोल्ने खालको गैर संवैधानिक छ ।’ प्रेस विज्ञप्तिमा लेखिएको छ।

उनले नौंचु पैंगीलामा गुरुङलाई ‘तोल्च्यो पैंगीलामा’ भनेर होच्याएको साथै विगतमा ताङतिङका बासिन्दाले जाल साजी गरी याङ्जाकोट गाउँका खर्क, सिमाना हडपेको भाम्रक कुरा गरेर समुदायमा विवाद सिर्जना गर्न खोजेको आरोप छ।

Advertisement

नौंचु पैंगीलामा गुरुङ ताङतिङका अध्यक्ष विर्जमान गुरुङले डा। जगमानले भनाई फिर्ता लिएर माफी नमागे आफ्नो समाजले जुनसुकै कदम चाल्ने चेतावानी समेत दिएका छन्। त्यस्तै गरि गण्डकीका सांसद तथा पूर्व मन्त्री वेद बहादुर गुरुङद्वारा डा। जगमानको उक्त भनाई प्रति खेद प्रकट गरेका छन् । वेद बहादुरले गत बैसाख ३० गते आफ्नो सामाजिक संजालमा यसै घटनालाई लक्षित गरि स्टाटस लेखेका छन् ।

संस्कृतिविद डा गुरुङले नौंचु पैंगीलामा गुरुङ बारे आपत्तिजनक अभिव्यक्ति मात्र नभई मादी गाउँपालिकाको केन्द्रको विषयलाई लिएर सर्वोच्च अदालतलाई चुनौती त्यस्तै जातीय तथा क्षेत्रीय द्वन्द्व सृजना गर्ने खालको भनाई राखेका थिए । उनको भनाईको सामाजिक संजालमा चौतर्फी विरोध भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया