सञ्चार विधयक चाडै हुन्छ: मुख्यमन्त्री पाण्डे

पोखरा ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सञ्चार विधयक छिट्टै ल्याउने तयारी गरेको जनाएका छन् । प्रेस युनियन कास्कीको १० औँ जिल्ला अधिवेशनमा आइतबार उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री पाण्डेले भने, ‘गण्डकी प्रदेशमा कार्यरत सञ्चारकर्मीसँगको छलफलबाट नै सञ्चार विधयक ल्याई पास गर्ने तयारीमा छौं ।’ मर्यादित पत्रकारिता आजको आवश्यकता भएको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्लो समय पत्रकारिताका नाउँमा व्यक्तिको चरित्रहत्या गर्ने काम भएको टिप्पणी गरे । समाजलाई बाटो देखाउने पत्रकारले जुनसुकै अवस्थामा पनि सत्थ्य, तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्न छाड्न नहुने उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सेना, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, पुरस्कृत व्यक्तित्व विमला भण्डारी, पत्रकार गंगाधर पराजुली लगायतले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितका बारेमा बोलेका थिए ।
कार्यक्रम प्रेस युनियन कास्की कार्यबाहक अध्यक्ष रविना आलेको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रेस युनियन कास्कीले विभिन्न पुरस्कारद्वारा पत्रकार रवीन्द्र बाँस्तोला, बिमला भण्डारी, रमेश पौडेल र नवीन सिग्देललाई सम्मान गरेको छ ।
तपाईको प्रतिक्रिया