पुडासैनीको ‘लगाम’ बजारमा

समाधान संवाददाता २०८० जेठ ८ गते १३:२१

पोखरा ।
साहित्यकार लोकनाथ पुडासैनीको लघुकथा कृति लगाम शनिबार सार्वजनिक भएको छ । साहित्य शृंखला पोखराले आयोजना गरेको कार्यक्रममा लगाम लोकार्पण गरिएको हो ।

संस्थाको २ सय ४८ औँ शृंखलामा कृतिको लघुकथाकार त्रिलोचन ढकालले समीक्षा गरे । ढकालले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सबै दलाल पुँजीवादको हातमा गएको र आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पुँजीवादकै लगाम रहेको टिप्पणी गरे ।

सर्जक पुडासैनीले भुइँमान्छेप्रति समर्पित लगामले उनीहरुकै कथा बोल्ने बताए । संस्थाकी अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रममा वाम बुद्धिजिवी रामराज रेग्मी र गेहेन्द्रेश्वर कोइराला, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट,साहित्यकार नारायण परिश्रमी, हाम्रो लघुकथा केन्द्रकी व्यवस्थापक शुभ शर्मा, लघुकथा प्रतिष्ठान पोखरा अध्यक्ष अल्पविराम, लघुकथाकार कल्याण पन्त, साहित्यकार लालबहादुर थापा, संस्थाका सचिव काजी गाउँले, उपाध्यक्ष ताराप्रसाद तिम्सिना लगायतले बोलेका थिए ।

Advertisement

कार्यक्रममा लक्ष्मण थापा, सन्तोष न्यौपाने, धर्मराज पौडेल अल्पायु, विष्णु बास्तोला, विकास लुंगेली, लक्ष्मीप्रसाद पौडेल, कर्मयुग, लक्ष्मण गौतम हिमाली, छविलाल आचार्य लगायतले वाचन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया