गोर्खा कप खेल्न बेलायत लाग्यो ‘पोखरा–११’

समाधान संवाददाता २०८० जेठ ८ गते १३:२४

पोखरा ।
तमु धीं युकेले आयोजना गरेको २१ औगोर्खा कपमा सहभागिता जनाउन नेपालबाट पोखरा ११ बेलायत लागेको छ । बेलायतमा आगामी मे २८ तारिखदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका ईश्वर गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली आइतबार बेलायत हिँडेको हो ।

सो टोलीमा ईश्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, अबतार गुरुङ, एन्फा कास्की अध्यक्ष उज्वल रन्जित, राजेन्द्र तामाङ, कुमार गुरुङ, जमानसिंह दुरा, राजु हमाल, नरेन्द्रजंग (मुखिया) गुरुङ, अभिषेक पिया, विजय गुरुङ, डिल्लीराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ र सचिन श्रेष्ठ छन् ।

खेलाडीहरुलाई बेलायत जान बगर भाइखलक युके र तमु धि युकेले संयोजन गरेको थियो । बेलायत प्रस्थान गरेको टोलीलाई बगर भाइ खलक पोखराले विदाई गरेको थियो । टोली बेलायतकरिब दुई साता बस्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया