मजदुर कवि पोखरामा सम्मानित

समाधान संवाददाता २०८० जेठ ८ गते १३:२५

पोखरा ।

हालै काठमाडौंबाट पहिलो कविता कृति भुइँमान्छेका कविता प्रकाशनका साथै एकल वाचन गरेर चर्चामा आएका पोखराका मजदुर कवि इन्द्र राना प्रतीक शनिबार सम्मानित भएका छन् । चित्रेभन्ज्याङ पोखरा सम्पर्क समाजले कवितालेखन र लोकसाहित्यको प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै उनलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको हो । शनिबार पोखरामा आयोजित कार्यक्रममा हरिनाश गाउँपालिका, स्याङ्जाका प्रमुख खिमनाराण मानन्धरका हातबाट उनलाई नगद, दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा समाजका अध्यक्ष बुद्धिराम लम्साल, कार्यक्रम संयोजक रुद्र सन्देश मगरसहितका वक्ताले कविलाई शुभकामना दिएका थिए । कार्यक्रममा गोविन्द थापा सिञ्जालीले निर्देशन गरेका मगर संस्कृतिमा आधारित मौलिक वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया