सुमित थिंकस्मार्टका ब्रान्ड एम्बेसडर

समाधान संवाददाता २०८० जेठ ११ गते १२:१८

पोखरा ।
फुटबलका राष्ट्रिय खेलाडी सुमित श्रेष्ठ थिंकस्मार्ट इन्टरनेशनल एजुकेसन प्रालिको ‘ब्रान्ड एम्बेसडर’ बनेका छन् ।

थिंक स्मार्ट र खेलाडी श्रेष्ठबीच बुधबार सम्झौता भएको छ ।

ब्रान्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टको बजारीकरणमा सहयोग गर्ने छन् । श्रेष्ठ र थिंक स्मार्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पहिलो चरणमा १ वर्षका लाथि थिंक स्मार्ट र श्रेष्ठबीच सम्झौता भएको थिंक स्मार्टका प्रबन्ध निर्देशक देवबहादुर क्षेत्रीले बताए ।

Advertisement

ब्रान्ड एम्बेसडर बनेका श्रेष्ठले थिंक स्मार्टका लागि स्वदेश र विदेशमा हुने कुनै पनि प्रवद्र्धनात्मक गतिविधिमा सघाउने क्षेत्रीले बताए । थिंक स्मार्टले पोखरामा झण्डै १ दशकदेखि उच्च शिक्षाका लागि विभिन्न मुलुक जाने विद्यार्थीका लागि सहजीकरण गर्दै आएको छ ।

श्रेष्ठ फुटबलका राष्ट्रिय खेलाडी हुन् । उनले अहिले मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक फुटबलको करियर अगाडि बढाएका छन् । काठमाडौंमा सञ्चालित सहिद स्मारक ए डिभिजन लिगमा मनाङको जर्सीमा खेल्दै आएका छन् ।

Advertisement

फुटसलबाट उदाएका सुमितले केही महिनाअघि मात्रै नेपालमा आयोजित भुटान, लाओस र नेपाल सम्मिलित थ्री नेसन्स कपमा डेब्यु गरेका थिए । नेसन्स कपमार्फत सुमितले लाओस विरुद्ध नेपालको जर्सीमा मैदान उत्रिएका थिए । गत वैशाखमा पोखरामा खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डमा वर्ष खेलाडी पुरुषमा मनोनयनमा समेत परेका थिए ।

तपाईको प्रतिक्रिया