राप्रपा महानगरको कार्यालय

समाधान संवाददाता २०८० जेठ ११ गते १२:२०

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा महानगर कार्यसमितिको कार्यालय खोलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं गण्डकी प्रदेश सदस्य विन्दु पौडेल(पहाडी)ले कार्यालय सुरुआत गरिन् ।

कार्यालय पोखरा ७ हर्कचोकमा स्थापना गरिएको छ । राप्रपा महानगर अध्यक्ष महेश्वर अचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्यहरू जयलाल पुन, कृष्णकुमारी सुवेदी र शिव चालिसे, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन केन्द्रीय महासचिव रञ्जना सेन पौडेल, राप्रपा क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष कृष्णराज अधिकारी, राप्रपा क्षेत्र नं. २ (ख) का अध्यक्ष देवेन्द्र किशोर बास्तोला, राप्रपा क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष तीर्थ सुवेदी, कास्की क्षेत्र नं. ३ (ख) प्रदेशसभा अध्यक्ष तीर्थ सुवेदी, राष्ट्रिय प्रजातान्त्रीक महिला संगठन केन्द्रीय सदस्य सीता खड्का र राप्रपा कास्की पूर्व जिल्ला उपाध्यक्ष परमेश्वर बस्ताकोटी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया