पोखरामा शुक्रबारदेखि राष्ट्र संघको नमुना महासभा हुने

समाधान संवाददाता २०८० जेठ ११ गते १९:२९

पोखरा ।


पोखरामा संयूक्त राष्ट्र संघको नमुना महासभा शुक्रबारबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पोखरा एमयूएन लेकसाइडमा हुन लागेका हो । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले आयोजना गर्न लागेको नमुना महासभा १५ जिल्लाका एक सय २० जना सहभागी हुने उल्लेख छ ।


संस्थाका अध्यक्ष रिजन ढुंगानाले कार्यक्रममा सहभागी हुने डेलिगेट र भेन्युका सम्पूर्ण काम शुक्रबार नै पूरा भएको बताए । शुक्रबार बिहान १० बजेबाट सुरु हुने कार्यक्रम १४ गतेसम्म चल्ने ढुंगानाको भनाइ छ । ‘देशभरका १५ जिल्लाबाट १ सय २० जना डेलिगेट कार्यक्रम सहभागी हुँदै हुनुहुन्छ,’ ढुंगानाले भने, ‘नमुना महासभामा पोखराका मेयर प्रमुख अतिथि र अमेरिकन दूतावासबाट एक जना प्रतिनिधि सहभागी हुनुहुनेछ ।’

Advertisement


विश्वले नमुना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ ? यसको तयारी कसरी गर्ने लगायत विषयमा महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् । सहभागीहरुले तीन विषयमा केन्द्रित भएर महासभामा सहभागी हुनुपर्ने अध्यक्ष ढुंगानाको भनाइ छ । उनका अनुसार महासभाका डेलिगेटले आर्थिक मन्दी, फर्जी औषधीका कारण बढ्दै गएको खतराहरु र ई–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा केन्द्रित हुनेछ । सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्र संघको बारेमा पनि जान्न सकिन्छ ।


सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेष गरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपण समेत प्रस्तुत गर्नेछन् । उनीहरुले शैक्षिक अनुभव मार्फत राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरूको उठाउँछ । यसले साझा सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्न प्लेटफर्महरूमा सामेल गर्ने ढुंगानाको भनाइ छ ।

Advertisement


मोडल युनाइटेड नेसन्स (एमयूएन) अन्र्तगत संयुक्त राष्ट्र संघको कार्यवाहीको एक शैक्षिक अनुकरण हो । यसरी नै छनोट हुँदै युवाहरुले संयुक्त राष्ट्र संघका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्छन सक्नेछन् ।

तपाईको प्रतिक्रिया