घरभाडा घटाउन अपिल
पोखरा ।
पोखराको महानगर क्षेत्रभित्र रहेका रेस्टुरेन्ट, बार तथा पार्टी प्यालेसहरुको साझा संस्था पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसियसन (सिटी रेवान पोखरा)ले घरभाडा घटाउन घरधनीहरुलाई अपिल गरेको छ ।
सिटी रेवान पोखरा अध्यक्ष दीपक तिमिल्सनाले बिहीबार पत्रकारसँग कुरा गर्दै घरभाडा आधा बनाइदिन घरधनीहरुलाई अपिल गरेका हुन् । आर्थिक मन्दीका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै अध्यक्ष तिमिल्सिनाले व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने तर्क गरे ।
‘एकातिर आर्थिक मन्दीले व्यापार चौपट छ, अर्कोतिर बैंकको ब्याज र किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने भएका छन्,’ उनले भने, ‘त्यसैले व्यवसायी बचाउनका लागि घरभाडा आधा घटाऔं । यसो गर्यौं भनेमात्र व्यवसायी बचाउन सकिन्छ ।’ उनले घरभाडा नघटाउने हो भने व्यवसायरुले व्यवसाय छाड्नुपर्ने स्थिति आउने चेतावनी दिए ।
‘व्यवसायी बचे न घरधनीले घरभाडा पाउने हो,’ उनले भने, ‘नत्र घरभाडा तिर्नै नसक्ने भएपछि घर छाडेर पलायन हुनुको विकल्प छैन ।’ अध्यक्ष तिमिल्सिनाले पोखरा महानगर क्षेत्रका रेस्टुरेन्ट तथा बारहरुको अवस्था नाजुक रहेको बताए । कतिपय बैंकको ब्याजदर र किस्ता तिर्न नसकेर त कतिपय घरभाडा तिर्न नसकेर व्यवसायी पलायन हुन थालेको उनको दाबी छ ।
हालसम्म २५ देखि ३० प्रतिशत व्यवसायी व्यवसाय छाडेर पलायन भइसकेको उनले सुनाए । उनका अनुासर झण्डै त्यति नै पलायन हुने स्थितिमा छन् । घरभाडा नघटाउने हो भने जेनतेन धानिएका ती रेस्टुरेन्ट तथा बारहरु असार मसान्तसम्ममा बन्द हुने स्थितिमा पुग्ने उनको चेतावनी छ ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया