‘च्याप्प पर्वते माया’ले चर्चामा दीपक

समाधान संवाददाता २०८० जेठ १४ गते १२:१४

पोखरा ।
सर्जक दीपक अधिकारीको पछिल्लो गीत च्याप्प पर्वते मायाले सामाजिक सञ्जालमा तताइरहेको छ । गीतले समाजिक सञ्जालमा उधुमै राम्रो तारिफ बटुलिरहेको छ । तारिफ गर्नेहरुको यो गीतले पर्वतलाई अन्तर्राष्ट्रियसँग जोडेको बताउँछन् । सामाजिक सञ्जाल टिकटकको छोटो क्लिपबाट भाइरल भएको यो गीत युट्युबको भ्युज पनि दिनप्रति बढ्दो छ ।

‘च्याप्प पर्वते माया’ गीतमात्र हैन भिडिओ पनि छ । गीतको भिडिओमा दुर्गेश थापा, अर्जुन सापकोटा, स्मिारिका ढकाल, रविना भण्डारी र टीका सानुजस्ता चर्चित कलाकारहरुले अभिनय गरेका छन् । सर्जक अधिकारी भए पनि टीका सानु, प्रवेश पौडेल र श्याम क्षेत्रीले आवाज दिएका हुन् । दीपकले लेखेमध्ये सबैभन्दा चलेको गीतचाहिँ यही ‘च्याप्प पर्वते माया…’ भएको छ । दीपकलाई चर्चाको चुलीमा जो पु¥याइदिएको छ ।

पर्वतसँग जोडिएर भाइरल बनेको यो गीत चर्चा चुलिँदै गर्दा गीतका रचनाकारलाई पर्वतसँग जोडेर हेरेका छन् ।

Advertisement

तर, अधिकारी पोखराकै हुन् । उनको घर पोखरा ३२ ढोडबेसी हो । उनी पर्वत भने पटकपटक पुगेका छन् । पर्वतको भौगोलिक र सामाजिक अवस्थाबारे राम्रो जानकारी उनमा छ ।

चन्द्रज्योति प्राथामिक विद्यालय, ब्रह्मारूपा उच्च माध्यमिक विद्यालय हुँदै अहिले उनी पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत छन् । स्कुल पढ्दादेखि नै अधिकारीको कलाकारिता सुरु भएको हो । स्कुलका कार्यक्रममा भाग लिनेदेखि लेखन प्रतियोगितामा उनको विशेष जोड हुन्थ्यो ।

Advertisement

‘लेखन सुरुआत गर्दा अहिलेजस्तो डिजिटल प्रविधिको विकास थिएनन् । पिआरबिटी र सिआरबिको समय थियो । तर, मैले निरन्तर लेख्न छोडिनँ । संयोग भनौं या के भनौं । च्याप्प पर्वते मायालाई सबैले रुचाइदिनुभयो,’ उनले भने । कलाकारिता यात्रामा निरन्तरताले नै सबैको माया पाएको विश्वास उनलाई छ ।

‘एक समय थियो, रेडियो नेपालमा सुन्ने । त्यहाँ राम्राराम्रा गीत बज्थे । रेडियो सुनेपछि कण्ठ पार्ने र गाइरहने मेरो अहिले पनि त्यो स्वभाव हराएको छैन,’ उनले भने ।

२०६८ बाट संगीतिक यात्रा सुरु गरेका अधिकारीले कलाकारितासँग पत्रकारिता यात्रा पनि सुरु गरे ।

कलाकारिता र पत्रकारितालाई साथमा राखेर अगाडि बढाइरहेको उनी बताउँछन् । रहर र हुटहुटीले आफूलाई यो अवस्थामा ल्याएको उनी बताउँछन् । ‘यो क्षेत्रमा अगाडि बढ्न मैले राजन ठकुरी, रामजी खाँण, शिव हमालहरुलाई मेन्टर बनाएर अगाडि बढेंं,’ उनले भने ।

०६८ सालमा अधिकारीले ‘तिम्रै मिठो बोली सुन्छु म त’ बोलको गीत सार्वजनिक गरे । यति बेला गीतले अहिले जस्तो चर्चा पाएन । तर, अहिले च्याप्प पर्वते माया भाइरल भएपनि यो गीत खोज्नेको संख्या पनि बढेको छ ।

आफ्नो पहिलो गीतमा गगन गुरुङ र चिना थापा मगरले आवाज दिएका उनी बताउँछन् । यति बेला अडिओ मात्र भयो भिडिओ भएन ।

२०७० सालमा मायालुकै भलाई सार्वजकि भएको थियो । यो गीत पनि अहिले दर्शकहरुले खोजीखोजी हेर्न थालेका छन् । यो क्षेत्रमा अगाडि बढ्न बुवाआमा, श्रीमती, सानीमा, भाइबहिनी सबैको साथ पाएको उनले बताए । ‘मेरो सफलतामा दाजु अर्जुन अधिकारीको समेत ठूलो हात छ,’ उनले भने ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कास्कीका उपाध्यक्षसमेत रहेका अधिकारी महत्वाकांक्षी राख्दै अगाडि बढेको बताउँछन् । भन्छन्, ‘मेहनत ग¥यो भने जुनसुकै पेशामा सफलता रच्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको छ ।’

तपाईको प्रतिक्रिया