जरोटुप्पोमा विनोद गौचनको सम्झना

पोखरा ।
जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ शनिबार मनाएको छ । तगारोमा रुमाल राखी…, जति माया लाए पनि…, ढुङ्गेसाँघुको मेलामा…, पोखरामा फूल फुल्दैनन्… लगायतका उनका गीत चर्चित छन् ।
कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, चर्चित गीतकार तथा कवि गौचनका विविध आयामबारे प्रकाश पार्दै उनको योगदान सम्झे । साहित्यकार सरुभक्तले विनोदसँगका सहकार्यका दिन सम्झदै संरक्षण कविता आन्दोलनका क्रममा लेखिएका धेरै सिर्जनाको साक्षी आफू बनेको बताए ।
सो अवसरमा उनले तगारोमा रुमाल, कस्तो ठाउँमा फुल्यौ तिमी, पोखरामा फूल फुल्दैनन् लगायतका सिर्जनाका रचना गर्भ उल्लेख गरे । सरुभक्तले विनोदको पहलमा घोषणा भएको लुम्ले कविता गाउँको सार्थकता व्यवहारमा नदेखिएको भन्दै चिन्तासमेत जनाए ।
विनोदका दाजु विश्वमोहनले सिर्जना यात्रामा लाग्दा विनोदले भित्तामा राखिएको भित्ते घडीको आवाज पनि बोझिलो मानेर घडीको ब्याट्रीसमेत निकालेर सिर्जनामा लाग्ने गरेको बताए । स्वतन्त्र पत्रकार संघ नेपाल अध्यक्ष कृष्णप्रसाद बास्तोलाले ५० को दशकमा गौचनका २ कविताले आफूलाई निकै प्रभावित पारेको उल्लेख गरे ।
संगीतकार सुनील थापाले गौचनलाई सरल, शालिन र मौलिक सर्जकका रुपमा चित्रण गर्दै उनीसँगका सहकार्य र सहयात्राको कथा सुनाए । विनोद गौचनको शालिक निर्माणार्थ लुम्लेका जग्गादाता सुवास गुरुङले लुम्लेवासीले साहित्य र आन्तरिक पर्यटनको महत्व नबुझ्नाले कविता गाउँको पहिचान ओझेलमा रहेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा गण्डकी साहित्य संगम अध्यक्ष भीम रानाभाट, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकी महासचिव असफल गौतम, हेमजा साहित्य प्रतिष्ठान अध्यक्ष बलराम पौडेल, लुम्ले कविता गाउँ अध्यक्ष चूडामणि देवकोटा, लोक नृत्य कलाकार संघ अध्यक्ष केशबहादुर गुरुङ, थकाली सेवा समितिका अध्यक्ष ई. रुजिन्द्र तुलाचन, सिर्जना साहित्य सदन घाचोकका सल्लाहकार भानुभक्त अविरल, साहित्यकार रविन्द्र माकाजु, गोविन्दप्रसाद पराजुली, तेजबहादुर गुरुङ, विष्णुु बास्तोला, स्ट्रगल राना, सावित्री गिरी, लक्ष्मी देवकोटा, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका अध्यक्ष डा. नारायणप्रसाद अधिकारी, महासचिव मदन भण्डारी लगायतले गौचनको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए ।
कार्यक्रम गुरुङ फिल्मका नायक ताराबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया