क्युपेकको स्थापना दिवसमा शिविर

समाधान संवाददाता २०८० जेठ १४ गते १२:३८

पोखरा ।
नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदूर युनियन (क्युपेक) नेपालको २० औँ स्थापना दिवस शनिबार मनाइएको छ । दिवसको अवसरमा निर्माण श्रमिक महिलाको भेला तथा पाठेघर मुखको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर भएको छ ।

Advertisement

कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संघ कास्की सभापति प्रेमबहादुर भुजेलले क्यान्सर समयमा नै पहिचान गर्न सके निको हुने बताए । नेपालका ग्रामीण भेगसम्म क्यान्सरबारे सचेतना र उपचार प्रक्रियाबारे सचेतना जरुरी रहेको उनले औंल्याए ।

लायन्स पोखरा कुमुद अध्यक्ष मीना गुरुङले आर्थिक रुपमा बिपन्न महिलाका लागि यस्ता प्रकारका कार्यक्रम निकै महत्वपूर्ण हुने बताइन् । नेपाल अर्बुद रोग निवारण संघ कास्कीको प्राविधिक सहयोग रहेको कार्यक्रमका लागि लायन्स क्लब अफ पोखरा कुमुद र नयाँबजार पोलीक्लिनिक प्रालिले सहयोग गरेका थिए ।

Advertisement

कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संघ गण्डकी संयोजक रामप्रसाद बस्ताकोटी, सस्थाका सचिव विष्णु गुरुङ, कार्यक्रम संयोजक प्रभा कोइराला लगायतले बोलेका थिए । शिविरमा १ सय ३६ महिलाले स्वास्थ्य जाँच गराएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया