लोमान्थाङमा विरुवा रोप्दै राजु लामा

जोमसोम ।
माटोको सहर मुस्ताङको लोमान्थाङ क्षेत्रमा शुक्रबार वृक्षारोपण गरिएको छ । मंगोलियन हर्टका चर्चित गायक राजु लामा र उनी सम्वद्ध राजु लामा फाउन्डेसनले यहाँ विरुवा रोपेको हो ।
जलवायु परिवर्तनको असर कम गर्ने र वातावरण संरक्षण अभियानका लागि लामासहितको फाउन्डेसनको टोली लोमान्थाङ आएको हो । फाउन्डेसनको आयोजना तथा पेमाछाल गुम्बा हेम्जा कास्कीको सहकार्यमा लोमान्थाङ बजार क्षेत्रमा २ हजार ५ सयभन्दा बढी विभिन्न जातका विरुवा रोपिएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।
मे २० दखि २६ सम्म विरुवा रोपिएको हो । अध्यक्ष गुरुङले वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले पनि उच्च प्राथमिकतामा राखेर काम गरेको र चालु वर्ष नै ५ हजार विरुवा रोपिसकेको उल्लेख गरे ।
गायक लामाले स्थानीयलाई जलवायु परिवर्तनको असर र त्यसले वातावरण क्षेत्रमा पारेको असरबारे जानकारी गराए । उनले विश्वमै चिन्ताको विषय बनेको जलवायु परिवर्तनको असरले मानव र प्रकृतिमाथि नकारात्मक असर पर्दै गएको बताए ।
‘जलवायुको पीडा हिमाल र पहाडतर्फ मोडिदै छ । हिमाल, तालतलैया र तटीय क्षेत्रमा यसको असरले विपद्का घटना बढ्दै जान थालेका छन्,’ उनले भने, ‘यसैले यसतर्फ सचेत रहदै वातावरण संरक्षणका लागि एकजुट हुन जरुरी छ । यसैले कलाकारको हैसियतले मैले आफ्नै ढंगले वातावरण संरक्षण अभियानमा लागेको हुँ ।’
गायक लामाले वातावरण संरक्षण अभियानको जनचेतना फैलाउने अभियान सुरु गर्न मुस्ताङलाई नै पहिलो प्राथमिकता दिएको बताए । पछिल्लो समय गायक लामा जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वातावरण संरक्षण अभियानमा सक्रिय भएर लागिपरेका छन् । गायक राजु लामा फाउन्डेसनले वातावरण संरक्षण अभियानका अलावा शिक्षा क्षेत्रमा समेत काम गर्दै आएको छ । गायक लामा यही अभियान लिएर एक सातादेखि मुस्ताङमा छन् ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया