रैथाने बालीबारे बुझ्दै मुस्ताङको टोली पोखरामा

मुस्ताङ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको टोली ३ दिने ब्लकमा आधारित रैथानेबाली प्रर्वद्धन गर्न भ्रमणमा निस्किएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा विनियोजित सशर्त बजेटको कार्यक्रम अन्तर्गत रैथाने बाली ब्लकमा आधारित घरपझोङ ५ ठिनीका किसानलाई कास्कीका विभिन्न स्थान अवलोकन भ्रमण गराइएको हो ।
टोलीले कास्की लुम्लेको कृषि अनुसन्धान केन्द्र, पोखराका राष्ट्रिय बिउबिजन प्रयोगशाला, लुम्लेकै अन्नपूर्ण सामुदायिक बिउँ बैंक, पोखराका विभिन्न कृषि फार्म लगायतका स्थानमा पुगी रैथानेबालीबारे जानकारी लिएको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले बताए ।
भ्रमण टोलीलाई गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र वडाध्यक्ष प्रदीप थकाली लगायतले शुक्रबार जोमसोमबाट बिदाइ गरेका थिए । भ्रमण सकेर टोली आइतबार मुस्ताङ आईपुग्नेछ ।
बीउँ बैंकले घरपझोङ कृषकलाई २ घण्टा लामो प्रस्तुतीकरण तथा सहजीकरण गरेको थियो । सामुदायक बैंकले संस्था संञ्चालन र लोपोन्मुख रैथानेबाली लगायतका बारेमा जानकारी दिएको थियो । टोलीले आईतबार सोही स्थानको कृषि विकास निर्देशानालयको अध्ययन अवलोकन गर्ने जनाईएको छ ।









‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
हिसान कास्की स्पोर्ट्सको उपाधि प्रतिभालाई
स्वाधीन संयुक्त सरकार माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया