विद्यार्थीलाई पोशाक, सल्लाहकार सम्मानित

समाधान संवाददाता २०८० जेठ १४ गते १५:३६

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण तथा सल्लाहकारलाई सम्मान गरिएको छ ।

Advertisement

शुक्रबार आयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी र पोखरा महानगरपालिका वडा नं ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले संयुक्त रुपमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई पोशाक हस्तान्तरण गरे ।

विद्यालयमा कक्षा ६ देखि १० सम्म हाल ३० विद्यार्थी अध्ययनरत छन् । उनीहरूलाई समाजसेवी रामचन्द्र थापामार्फत प्राप्त ४५ हजार रुपैयाँबाट पोशाक उपलब्ध गराइएको हो ।

Advertisement

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको २०८० वैशाख १२ गतेको निर्णय अनुसार विद्यालयको भौतिक, शैक्षिक, आर्थिक तथा समग्र विकास एवं व्यवस्थापकीय कार्यमा आवश्यक सरसल्लाह प्रदान गर्न मनोनित सल्लाहकारलाई मनोनयनपत्र प्रदान गरी सम्मान गरिएको थियो । विद्यालयका पूर्व प्रधानाध्यापक केशव पौडेल, सहयोगदाता रामचन्द्र थापा लगायत पनि सम्मानित बने ।

व्यवस्थापन समितिको बैठकले हरिभक्त सिग्देल, छत्रधर आत्रेय, चन्द्रावती पौडेल, वासुदेव पौडेल, धनबहादुर थापा र हरिप्रसाद तिवारीलाई सल्लाहकारमा मनोनित गरेको थियो । पोखरा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयले शैक्षिक गुणस्तरीमा जोड दिनुपर्ने बताउँदै वडाका तर्फबाट सम्पूर्ण साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।

Advertisement

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक भएको जनाए । कार्यक्रममा सल्लाहकार एवं राधाकृष्ण शान्ति आश्रमका उपाध्यक्ष हरिभक्त सिग्देल, सल्लाहकार चन्द्रावती पौडेल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, सहयोगदाता रामचन्द्र थापा, अक्षयकोषदाता झलकप्रसाद खनाल, विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय लगायतले शैक्षिक गुणस्तर विकास र प्रभावकारी शिक्षण सिकाइमा जोड दिए ।

तपाईको प्रतिक्रिया