ढकाल र पोखरेललाई पत्रकारिता पुरस्कार

पोखरा ।
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार २०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यो पुरस्कारको राशि २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ ।
ढकाल २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदै आएका छन् । पोखरेल विगत १६ वर्षदेखि पत्रकारिता सक्रिय छन् । प्रत्येक वर्ष वितरण गरिने भनिएको सो पुरस्कार कोभिड १९ का कारण ३ वर्षदेखि रोकिएको थियो ।
दोस्रो पटक प्रदान गरिने यो पुरस्कार अन्नपूर्ण दिवसको अवसर पारी यही जेठ २० गतेका दिन वितरण गरिनेछ । यसअघि सो पुरस्कारबाट वासुदेव पौडेल र दीपक परियार पुरस्कृत भइसकेका छन् ।
पत्रकार राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनोट समिति गठन भएको थियो । समितिका सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहाकार अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी र अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरूङ पदेन सदस्य थिए ।
समितिको सिफारिस अनुमोदन गर्दै पत्रकारद्वय ढकाल र पोखरेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आउँदो जेठ १७ देखि २० सम्म घान्द्रुकमा आयोजना हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन समारोहमा वितरण गरिने समितिका मिडिया संयोजक अधिकारीले जानकारी दिए ।
महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको अन्नपूर्ण म्याराथन जेठ २० गते अन्नपूर्ण आधा रशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको छ । महोत्सवमा विविधि खेलकुद तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ ।
महोत्सवको तयारी पूरा भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धक रहेको सो कार्यक्रमलाई अन्नपूर्ण गाउँपालिका कास्की, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)/राष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकुद मन्त्रालय, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउन्डेसन सहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गर्ने भएका छन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया