मैत्रीपूर्ण फुटबलमा राष्ट्रसेवक विजयी

समाधान संवाददाता २०८० जेठ १५ गते ११:३१

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले १६ औं गणतन्त्र दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेको छ ।

प्रतियोगितामा राष्ट्रसेवक ११ ले सामुदायिक ११ लाई ४ का बिरुद्ध ६ गोल गरी विजयी भएको जिल्ला समन्वय समिति कास्की अध्यक्ष भीम पराजुलीले जानकारी दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले रेफ्री विष्णु केसीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए ।

कार्यक्रममा नवआगन्तुक कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेलाई सामुदायिक सेवा केन्द्रको तर्फबाट औपचारिक स्वागतसमेत गरिएको छ । कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई र महासचिव घनश्याम तिम्सिनाले गणतन्त्र दिवसका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया