मानव सेवालाई नारी शक्तिको साथ

समाधान संवाददाता २०८० जेठ १५ गते ११:३३

पोखरा ।
नारी शक्ति जागरण आमा समूह पोखरा १७ ले मानव सेवा आश्रम छोरेपाटनमा भोजनदान गरेको छ ।

Advertisement

संस्थाको चौथो स्थापना दिवसका अवसरमा समूहले आश्रममा आश्रित बालबालिका र महिलाका लागि १८ हजार ५ सय रुपैयाँ बरावरको १ छाक खाना सहयोग गरेको हो ।

पोखरा १७ का अध्यक्ष एवं समूहका सल्लाहकार राधिका शाही योगीले टोल छिमेकमा हुने शुभ कार्यमा सांस्कृतिक कार्यक्रम गरी संकलन गरेको रकमबाट आश्रममा भोजनको व्यवस्थापन गरेर समूहले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताइन् ।

आकासलाई छानो र सडकलाई घर वनाएका सडक मानवको उद्धार गरेर गाँस, बास र कपासको व्यवस्थापन गरेर आश्रमले मानवीय सेवामा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनले विकास र समृद्धिका लागि सबैको सहकार्य जरुरी हुने औंल्याइन् ।

संस्थाका अध्यक्ष प्यारी गुरुङले एक छाक भोजन बराबरको रकम आश्रमकी प्रतिनिधि सम्झना बर्तौलालाई हस्तान्तरण गरिन् । आगामी दिनमा पनि समूहको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उनले जनाइन् ।

Advertisement

समूहले समाजका सामाजिक, आर्थिक र वातावरणीय सेवामा समर्पित हुँदै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको सचिव पूर्णकला पोख्रेल बताउँछिन् ।

तपाईको प्रतिक्रिया