नमुना महासभा सकियो

समाधान संवाददाता २०८० जेठ १५ गते १२:५०

पोखरा ।
तीन दिनसम्म भएको पोखरा एमयुएन आइतबार सकिएको छ । युथ थिंकर्स सोसाइटी पोखराको आयोजनामा शुक्रबारदेखि भएको संयुक्त राष्ट्रसंघको नमुना महासभामा तीन बेस्ट डेलिगेटबाट सम्मानित भए ।

Advertisement

देशभरका १४ जिल्लाबाट प्रतिनिधि गरेका युवामध्ये ३ जना बेस्ट डेलिगेट बन्न सफल भएको वाइटिएस पोखरा अध्यक्ष रिजन ढुंगानाले बताए ।सहभागी प्रतिनिधिले विभिन्न ८० देशको प्रतिनिधित्वको गरेका थिए ।

अमेरिका, इजिप्ट र पाकिस्तानका प्रतिनिधि बेस्ट डेलिगेट बन्न सफल भएका हुन् ।

युएसएका प्रतिनिधि हार्दिक पराजुली युएनइपीबाट बेस्ट डेलिगेट बने । इकोफ्यानबाट सौगात गौतम बेस्ट डेलिगेट बन्न सफल भएका हुन् । यडब्लुएचओबाट पाकिस्तानको प्रतिनिधित्व गरेका आदर्श झा बेस्ट डेलिगेट बन्ने । उनीहरुलाई ट्रफी र प्रमाणपत्रसहित सम्मान गरियो ।

तीनै क्षेत्रबाट बेस्ट इस्टाटेजिक्स मलेसियाबाट अल्भिना बराल, युएसएबाट उत्सव सेडी र एभिक कर्नले चाइनाबाट जितेका छन् । बेस्ट पोजिसन पेपरबाट युकेकी प्रतिनिधि प्रतीक्षा सेडी, रसियाबाट दीपिका श्रेष्ठ र इन्डियाका प्रतिनिधि आर्य पुडासैनी पुरस्कृत भए ।

Advertisement

फर्जी औषधिका कारण विश्वमा बढ्दै गएको खतरा, आर्थिक मन्दी र विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापनका सम्बन्धमा नमुना महासभामा बहस भएको थियो । उद्घाटन समारोह र समापन सत्रमा नेपालका लागि अमेरिकी राजदूतावासका अधिकारी धु्रव शाह उपस्थित थिए ।

शाहले नमुना महासभाले डेलिगेटलाई आलोचनात्मक विश्लेषण सीपमा सक्षम बनाएको बताए । ‘तपाईंहरुले यो प्रशिक्षण वा सिकाइमार्फत शैक्षिकसँगै राष्ट्रिय तथा विश्वव्यापी मुद्दा कसरी उठाउने भन्ने जान्न बुझ्न अवसर पाउनुभयो भन्ने मैले बुझेको छु,’ शाहले भने ।

सभामा विश्वव्यापी समस्याको सम्भावित समाधानका उपाय पनि प्रस्तुत गरिएको थियो । विषयवस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्धलाई मध्यनजर गरिएको थियो । संस्थाका अध्यक्ष रिजन ढुंगानाले डेलिगेटलाई नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपूर प्रयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा वाइटिएसका कोफाउन्डर क्षितिज भट्टराई, वामन घिमिरे लगायत उपस्थित थिए ।

तपाईको प्रतिक्रिया