ताजा चाउमिन महासंघमा डुनाराम

पोखरा ।
ताजा चाउमिन तथा सस उद्योग महासंघ कास्कीको दोस्रो अधिवेशन तथा साधारण सभा भएको छ ।
अधिवेशनले डुनाराम न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
महासंघका उपाध्यक्षमा गणेश पोखरेल र भरत शर्मा, सचिव जितेन्द्र विक, कोषाध्यक्ष कुवेर राई, सहसचिव सिम्सोन तामाङ र सहकोषाध्यक्ष रामचन्द्र दाहाल छन् । कार्यसमिति सदस्यमा सुरेश नेपाली, दानबहादुर गुरुङ, अनिष क्षत्री, पूर्ण थापा, सूर्य पोखरेल, तिलकबहादुर पुन निर्वाचित भएका छन् ।
अधिवेशनले महासंघको बजार अनुगमन समितिसमेत गठन गरेको छ । समितिको संयोजक जितेन्द्र विक, सदस्यमा सुरेश नेपाली, अनिष क्षत्री, पूर्ण थापा, सूर्य पोखरेल, सिम्सोन तामाङ र गणेश पोखरेल छन् ।
कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय गण्डकी प्रदेशका प्रमुख शिवजी बरालले सबै व्यावसायीले आफ्नो उत्पादन परीक्षण गरी अनुमतिपत्र लिनुपर्ने सुझाव दिए । उनले स्वच्छता र गुणस्तरीयता कायम गर्दै नियमकारी निकायको नियम पालना गर्न आग्रह गरे ।
ताजा चाउमिन तथा सस उद्योग महासंघका केन्द्रीय महासचिव भानु भण्डारी क्षितिजले व्यवसायिक एकता र व्यवसायको संरक्षण गर्दै उपभोक्ताको हितमा काम गर्नुपर्ने बताए । कर तिर्नु हरेक व्यवसायीको दायित्व भएको उल्लेख गर्दै उनले सबै व्यवसायीलाई करको दायरामा आउन अनुरोध गरे ।
कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालयका निरीक्षक अशोक गौतम, संस्थाका अध्यक्ष लोकनाथ भण्डारी, सचिव डुनाराम न्यौपाने, एसआर फुड प्रोडक्टका मार्केटिङ अफिसर अमित ढकाल लगायतले व्यवसायीका समस्याका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया