रत्न मन्दिर सर्वसाधारणका लागि खुला

पोखरा ।
गणतन्त्र दिवसको दिन पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला भएको छ । राजा महेन्द्रले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा मन्दिर बनाएका थिए । नेपाल ट्रष्ट अन्तर्गत रहेको एतिहासिक धरोहरहरुलाई यसअघि सर्वसाधारण लागि खुला गरिएको थिएन । हाल आम नागरिकको अवलोकन गर्ने जनचाहना अनुरुप २०८० जेठ १५ (आज)देखि खुला भएको हो ।
रत्नमन्दिर खुला भएसँगै लेकसाइडमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । चीनका प्रधानमन्त्री बेलायती महाराती लगायत अन्य विशिष्ट विदेशी पाहुनाको रत्नमन्दिर आगमन भएको थियो । राजा वीरेन्द्र रानी ऐश्वर्य र निजका परिवारहरुको निधनपछि २०६७ मंसिर २० गते नेपाल ट्रष्टको स्वामित्वमा उक्त जग्गा १ सय ७४ रोपनी ४ आना २ दाम रोपनी क्षेत्रफलमा फौलिएको छ । मन्दिर भित्र साना ठूला १० वटा भवन छन् । सर्वसाधरणका लागि प्रवेश दिएपनि मन्दिर भित्र छिर्न भने दिएको छैन । सर्वसाधरणका लागि मन्दिर भित्र छिर्न दिँदा भौतिक संरचना टुट फुट हुने भएकाले केही समयपछि भिडिओ फुटेजबाटै देखाउने ट्रष्ट व्यवस्थापकहरु बताउँछन् । परिसर डुल्न कुनै रोकतोक हुने छैन । भने भवनमा भित्र प्रवेश गर्न पाइँदैन ।
संघीय पर्यटन मन्त्री सुदन किराँतीले प्रमुख आतिथ्यतामा दरबार खुला गरिएको छ । मन्त्रि किराँतीले रत्न मन्दिर खुल्नु ठुलो नभएको बताए । उनले मन्दिरलाई रेखदेख र संरक्षण ठूलो कुरा ठूलो भएको उल्लेख गरे । उनले भने, नेपालका राजाले ६०÷७० वर्षअघि पोखरा घुम्दा बनाएको दरबार जोगाएर पर्यटक तान्न सक्नुपर्छ । यसको रेखदेखमा हामी लाग्नुपर्छ । दरबार परिसर डुल्न नेपालीले एक सय रुपैयाँ र विदेशीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।







‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया