पोखराबाट बाह्य उडान गर्ने कम्पनिलाई छुट

समाधान संवाददाता २०८० जेठ १६ गते ११:४४
sf7df8f}F, !% h]7M cy{dGqL dxt cy{dGqL 8f k|sfzz/0f dxt k|ltlglw;ef / /fli6«o;efsf] ;+o'Qm a}7sdf ;f]daf/ cfj @)*)÷)*! sf] nflu cg'dflgt cfo Joo ljj/0f k|:t't ug{' ;efsIf k|j]z ug{'x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

पोखरा ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सहुलियत दिने भएको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले त्यस्ता कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने घोषणा गरेका हुन् ।

गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाई यी विमानस्थलमा उडान भर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्ता व्यवस्था गर्न लागिएको हो । सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएको छ । सरकारले २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाउने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट आएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

Advertisement

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी हो ।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ खर्ब ८ करोड रूपैयाँ विनियोजन भएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रूपैयाँ व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ न्यून हुनेछ ।

Advertisement

सो न्यून स्रोत पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ जुटाइनेछ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋणबाट व्यहोरिनेछ ।

तपाईको प्रतिक्रिया