प्रदेश सभा अघि कालोपट्टी बाँधेर प्रदर्शन

पोखरा ।
देशमा राजतन्त्र फालेर संवैधानिक गणतन्त्र स्थापन गरेको डेढ दशक बितिसक्यो । तर, गणतन्त्र प्राप्तिका लागि छातीमा गोली थापेर आन्दोलनको अग्र मोर्चामा खटिएका जनआन्दोलनकर्मी भने अझै न्याय प्राप्तिका लागि लड्नुपर्ने बाध्यता छ ।
१६ औँ गणतन्त्र दिवसको अवसरमा देशभर खुसीयाली मनाइरहँदा पोखरामा भने कालोपट्टी बाँधेर प्रदेश सभा अगाडि प्रदर्शन गरिएको छ । २०६२/६३ को जनआन्दोलने देशमा व्यापक परिवर्तन ल्यायो । शाहवंशीय राजपरिवालाई दरबार छोड्न बाध्य पार्ने जनआन्दोलनमा कैयौँको त्याग र बलिदानी छ ।
नेपालको शासन व्यवस्थामा नै परिवर्तन ल्याएको २०६२/६३ को जनआन्दोलनमा परिवर्तनको अग्रमोर्चामा उभिनेहरूमाथि नै अन्याय भएको भन्दै गणतन्त्र दिवसमा कालो पट्टी बाँधेर प्रदेश सभा भवन अघि प्रदर्शन भएको छ । जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति कास्कीले जनआन्दोलन प्राप्तिका लागि जसले योगदान गरे उनीहरूलाई नै बेवास्ता गरेको भन्दै विरोध प्रदर्शन गरेको हो ।
जनताको बलिदानीले प्राप्त गणतन्त्रमा हत्याहिंशामा उत्रिनेलाई आम माफी दिने काम भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएको उनीहरूको भनाइ छ । गणतन्त्रमा जनतालाई भर्याङ बनाएर गुण्डाको संरक्षण गर्ने भइरहेको उनीहरूको गुनासो छ । देशमा राजसंस्था फालेर गणतन्त्र स्थापन गर्न ज्यानको बलिदानी दिएका शहिल र घाईतेको अपमान भएको उनीहरूको भनाइ छ ।
सरकारले जनआन्दोलनका घाईते र परिवारप्रति उदासीन रहेकाले धर्नामा उत्रिनुपरेको उनीहरूको भनाइ छ ।
दण्डहिनताको अन्त्य गरेर हुनुपर्ने उनीहरूले माग राखेका छन् ।
देशमा राजतन्त्र अन्त्य गरेर स्थापना भएको गणतन्त्र दिवसको दिन उत्सव मनाउने ठाउँमा दुख मनाउनुपरेको विरोधमा उत्रिनेहरूको भनाइ छ । शान्ती सुव्यवस्था कायम नहुञ्जेल हामी खबरदारी गर्न लागिरहने उनीहरूले बताएका छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया