असहायका लागि १ करोडको अक्षयकोष स्थापना

पोखरा ।
बेलायतको गोर्खा सेनाबाट अवकास प्राप्त मेजर जयबहादुर गुरुङको परिवारले स्वास्थ्य उपचारको लागि आर्थिक समस्या पर्ने बिरामीलाई सहयोग गर्नको लागि जयबहादुर, रुपकुमारी उदय अक्षयकोष खडा गरेको छ ।
तमु धिं नेपालले सञ्चालन तथा व्यवस्थापन गर्र्न गरी १ करोड १ सय ५१ रुपैयाँको अक्षयकोष खडा गरेको समाजसेवी जयबहादुर गुरुङकी श्रीमति रुपकुमारी गुरुङले जानकारी दिइन् ।
तमु धिं नेपालमा निर्माण भएको समाजसेवी तथा दाता दम्पत्तीको शालिक अनावरण कार्यक्रममा उनले स्वदेशी विदेशी, जात भात नभएर सबैलाई सहयोग गर्ने बताइन् । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आर्थिक अभावले स्वास्थ्य उपचार नपाएर समस्यामा परेका सबै बिरामीलाई सहयोग गर्ने उल्लेख गरे ।
‘स्वास्थ्य उपचार सेवालाई सञ्चालनको लागि विनियम बनाएर पारित गरिएको छ,’अध्यक्ष गुरुङले भने, ‘सबै सेवालाई व्यवस्थित र मर्यादित बनाउन सञ्चालक समिति समेत बनाइने छ ।’ उनले पोखरा फाइनान्सको मुद्दती खातामा राखिएको अक्षयकोषको ब्याजबाट उपचार खर्च प्रदान गर्ने बताए ।
अध्यक्ष गुरुङले जयबहादुर तथा रुपकुमारी गुरुङले २०५७ सालमा १७ लाख ५ हजार रुपैयाँको लागतमा तमु धिं नेपालको मुल घर सांस्कृतिक धिं बनाएको जानकारी दिए । त्यसपछि कास्की लगायत देश तथा विदेशमा समाज घर निर्माण र सबै गुरुङ समुदायलाई एउटै मालामा गासिने अवसर मिलेको उनले उल्लेख गरे ।
अध्यक्ष गुरुङले आफ्नै लगानी तथा तमु धिंको थोरै सहभागितामा दम्पतिको सालिक तमु धिंको मुलघर हालको गुरुङ संग्रहालयमा निर्माण गरी अनावरण गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ, सचिव जुमकाजी गुरुङले अक्षयकोषको बारेमा बोलेका थिए ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया