पालिकामध्ये सबैभन्दा बढी बजेट पोखरालाई

समाधान संवाददाता २०८० जेठ १७ गते ११:१५

पोखरा ।
आगामी आर्थिक वर्षमा देशका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट पोखरा महानगरपालिकाले पाएको छ ।

६ महानगरपालिकामध्ये सबैभन्दा बढी बजेट पोखरा र सबैभन्दा कम ललितपुर महानगरले पाएका छन् ।

आगामी वर्षका लागि पोखरालाई २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ रकम विनियोजन भएको छ । २०८०/०८१ का लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त बजेट आगामी आर्थिक वर्षका लागि पेश गरेका हुन् ।

Advertisement

बजेटमा काठमाडौंसहित ६ महानगरलाई १० अर्ब ३१ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

काठमाडौं महानगरपालिकालाई २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । ललितपुर महानगरभन्दा बढी चितवनको भरतपुर महानगरपालिकालाई आगामी वर्षका लागि बजेट छुट्याएको छ ।

Advertisement

ललितपुर महानगरपालिकालाई १ अर्ब १३ करोड ३ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । भरतपुर महानगरपालिकालाई एक अर्ब ७५ करोड, वीरगञ्ज महानगरपालिकालाई १ अर्ब ३३ करोड २१ लाख र विराटनगर महानगरपालिकालाई १ अर्ब १९ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया