अमेरिकाका गणित प्राध्यापकद्वारा मदरल्यान्ड भ्रमण

समाधान संवाददाता २०८० जेठ १७ गते १२:३५

पोखरा ।
अमेरिकादेखि गणित कार्यक्रम तथा प्रयोगसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन (एएमएनएस २०२३) मा सहभागी हुन हालै पोखरा आएका प्राध्यापकहरूले मदरल्यान्ड माध्यमिक विद्यालयको अवलोकन तथा भ्रमण गरेका छन् ।

विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्माको अनुरोधमा विद्यालयमा अवलोकन तथा भ्रमण गर्न आएका सोप्रोन विश्वविद्यालय हङ्गेरीका प्राध्यापक लासजिलो स्जाले, राजकीय इन्जिनियरिङ कलेज भारतका प्राध्यापक अनुराग शुक्ला र डेलावेर विश्वविद्यालय अमेरिकाका डा. मीन रानाभाटलाई विद्यालयका संस्थापक तथा एकेडेमिक डीन प्रेमनारायण पोखरेलले फूलमालाले स्वागत गरेका थिए ।

गणित विषयका प्राध्यापकहरूको अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको थियो । सोही अवसरमा नेपाल आइपुगेका प्राध्यापकहरूले कक्षा नर्सरीदेखि कक्षा नौसम्मका गणित विषयका कक्षा र क्रियाकलापको अवलोकनका साथै यस विद्यालयका गणित विभागका शिक्षकहरू र विद्यार्थीहरूसँग पनि अन्तक्रिया गरेको दस जोड दुई विज्ञान समूहका संयोजक तथा गणित शिक्षक एलबी गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया