पोखरा ३१ मा रास्वपाको समिति

समाधान संवाददाता २०८० जेठ १७ गते १२:४७

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ३१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समिति गठन गरेको छ । जयराज ओझाको सभापतित्वमा ११ जनाको तदर्थ समिति गठन बनेको हो ।

उपसभापतिमा सबिता बराल, सचिव दामोदर पाण्डे र सदस्यमा नवराज पाण्डे, विनोद सापकोटा, सुनील रानाभाट, सुनिता न्यौपाने, जीवन तिवारी, गणेश पाण्डे, गीता खनाल र सरीता खनाल छन् ।

पदम लामिछाने र जोहन कोइरालालाई वरिष्ठ सल्लाहकार, भुवन श्रेष्ठ, चित्रबहादुर गुरुङ, राजेन्द्र बराल, भोजराज खनाल, मिमकृष्ण लामिछाने, भरतराज तिवारी र सरस्वती खत्रीलाई सल्लाहकार चयन गरिएको ।

Advertisement

राजेन्द्र लामिछानेको संयोजकत्वमा ¥यापिड एक्सन टिम बनेको छ ।

कार्यक्रममा रास्वपा केन्द्रीय प्रशिक्षण विभाग सदस्य माधवप्रसाद कँडेल, पोखरा महानगरपालिका सभापति नारायणप्रसाद आचार्य, पोखरा महानगर सचिव सम्राट बराल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया