शैक्षिक सामाग्री सहयाेग

समाधान संवाददाता २०८० जेठ १७ गते १३:११

पोखरा ।
पाेखरा १० निवासी प्रेमकुमारी गुरुङले दुई जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । कालिका माविका समिक्षा बुढा मगर र छोरेपाटन माविका सन्देश विकलाई १० हजार बराबारको सामग्री सहयोग गरेकी हुन् ।

कालिका माविका प्रअ बलराम गिरी र छोरेपाटन माविका प्रअ डिल्लीराम शर्माले विद्यार्थीको भविश्य निर्माणमा सहयोग पुयाएको भन्दै गुरुङलाई धन्यवाद दिए । सहयोगले विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउने उनीहरुको भनाइ थियो ।

गुरुङले वर्षेनी गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्ध गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया