मुस्ताङको जोमसोममा होटल संञ्चालकसहित ६ जुवाडे पक्राउ

जोमसोम—मुस्ताङमा नगद ७३ हजारसहित ६ जुवाडे पक्राउ परेका छन् ।मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित काठेपुल नजिक कुलमान सिंह थापाले संञ्चालन गरेको हाम्रो होटलमा मंगलबार साँझ करिव ७ः३० बजेको समयमा जुवातास खेल्दै गरेका ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा तनहु शुक्लागण्डकी न.पा.२ बस्ने ३४ वर्षीय कृष्ण गुरुङ, तनहु म्यादे गापा—५ बस्ने ३१ वर्षीय राजेन्द्र थापा, स्याङ्जा विरुवा गापा— १ बस्ने ४७ वर्षीय टापबहादुर थापा,स्याङ्जा म्यादे गापा—५ बस्ने ३४ वर्षीय रामबहादुर थापा, स्याङ्जा पुतली बजार न.पा. ११ बस्ने ४४ वर्षीय धनबहादुर गुरुङ र स्याङ्जा विरुवा गापा—४ घर भई घरपझोङ—४ जोमसोम काठेपुल नजिक होटल संञ्चालन गरी बस्ने ४६ वर्षीय होटल संञ्चालक कुलमान सिंह थापालाई प्रहरीले पक्राउ गरेको हो ।

जोमसोम स्थित काठेपुल नजिक हाम्रो होटलमा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीलाई जानकारी गराईपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो । प्रहरीले होटलमा जुवातास (म्यारिज) खेलिरहेको अवस्थामा फेला पारी जुवा खालबाट नगद ७३ हजारसहित ३ बुक तास बरामत गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए । प्रहरीले जुवा खेलाउने घरधनीसहित जुवातास खेल्ने ६ जनालाई जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट हिरासतमा राख्ने अनुमती लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।








बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया