पोखरा १२ ले व्याग र कम्पोष्ट बिन अनुदान दिने

पोखरा महानगरपालिका १२ नम्वर वडा कार्यालयले व्याग र कम्पोष्ट विनमा अनुदान दिने भएको छ । वडाका स्थानीयलाई कृषिमा आकर्षित गराउन प्रत्येक व्यक्तिलाई ५० प्रतिशत अनुदान दिने वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
उनले बजार क्षेत्रका स्थानीयमा कृषि योग्य जमीन नहुने भएकाले कौशी खेती प्रवद्र्धन गर्ने उदेस्यले तालिम संचालन गरेको बताए । एक दिने तालिममा सिजनेवल तरकारी, सागसव्जी, काक्रो, फसीर्, करेलालगायतका तरकारी कौसीखेतीमा गर्न सकिने भन्दै त्यसतर्फ सबैले पहल गर्नुपर्ने बताए ।
वडा कार्यालयले कौसीखेती र फोहोरमैला व्यवस्थापनसम्वन्धि तालिम दिएर स्थानीयलाई सहजीकरण गरेको थियो । ९० जना स्थानीय र कृषकलाई तालिम दिइएको कृषि महाशाखाका प्रमुख तथा प्रशिक्षक मनोहर कडरियाले बताए । त्यस्तै ग्रिन रोड कम्पनीका फाउन्डर विमल वास्तोलाले फोहोरमैला कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । पोखरा महानगरपालिका १२ नम्वर वडाको आयोजनामा टोल विकास संस्था तथा आमा समुहको लागि कोशी खेती तथा फोहोर व्यवस्थापन तालिम संचालन गरिएको हो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया