शर्मा मुख्य न्यायाधिवक्ता नियुक्त

समाधान संवाददाता २०८० जेठ १८ गते १२:४६

पोखरा ।

Advertisement

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले म्याग्दीका शर्मालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको हो ।

शर्मा गत वर्षको वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका मेयरमा पराजित भएका हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेको शर्मालाई नेकपा एमालेका सुरत केसीले पराजित गरेका थिए । शर्माले ६ हजार २३० र केसीले ७ हजार ६ सय ३ मत प्राप्त गरेका थिए ।

यसअघि निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त गरेका थिए । अधिकारी नेतृत्वको सरकार ढलेसँगै बराल पदमुक्त भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया