गुरुकुल र गौशालालाई बजेट माग

पोखरा ।
विश्व हिन्दू युवा संघले गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट विनियोजन गरिदिन अनुरोध सहित ज्ञापनपत्र बुझाएका छन् । गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट विनियोजन सम्बन्धमा सोमबार विश्व हिन्दु युवा संघले ५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वको टोलीले नेपालको सभ्यता, संस्कृति र सनातन धर्म तथा सम्पदा संरक्षण गरी विश्व शान्तिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्रको रुपमा नेपाललाई अगाडि बढाउन आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेटमा हिन्दु धर्म सम्बन्धी परियोजनामा बजेट विनियोजन गरिदिन अनुरोध गरे ।
शाहले गण्डकी प्रदेशको राजधानी पोखरा नेपालको अन्तर्राष्ट्रिय स्तरको अब्बल सम्बन्ध भएको शहर भएको र पोखरा धर्मक्षेत्र कोशी गण्डकी सभ्यताको केन्द्रस्थल भएकाले धार्मिक पर्यटन बढाउन पहल गर्न अनुरोध गरे ।
शाहले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ठूलाठूला गौशाला निर्माण गरी नेपालको शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने औंल्याए ।
विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य नगेन सिंहले मगर गुरुङ भाषा संस्कृति इतिहास अध्ययन अनुसन्धान प्रबद्र्धन र गण्डकी सभ्यता खोज अनुसन्धानका लागि पनि आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए ।
संघले गाँजा अध्ययन अनुसन्धानका लागि अनुमति दिन समेत निवेदन गरेको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया