घान्द्रुकमा लायन्सको क्याबिनेट बैठक हुँदै
पोखरा ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एमको आयोजना एवं लायन्स क्लब अफ पोखरा लेकसाइडको आतिथ्यता एवं संयोजनमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जेठ २७ गते चौथो क्याबिनेट बैठक हुने भएको छ ।
बैठकमा विभिन्न जिल्लाका १४० लायन्स क्लबका ४ सयभन्दा बढी लायनहरू सहभागी हुने लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए । सामाजिक सेवाका हरेक क्षेत्रमा क्रियाशील लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम अन्तर्गतका क्लबहरूले आआफ्नो स्थानमा विशिष्ट योगदान पुर्याउँदै आएको सुनाए । उनले यो बैठकबाट घान्द्रुकको पर्यटकीय विकासमा योगदान पुग्ने विश्वास लिइएको बताए ।
कार्यक्रम संयोजक लायन जगन्नाथ तिमल्सिना (जयराम) का अनुसार घान्द्रुकमा हुने बैठकको तयारी तीव्र पारिएको छ । गाउँ पर्यटनको समेत विकास गर्ने उद्देश्य अनुरुप सहरी क्षेत्र बाहिर कार्यक्रम आयोजना गरिएको उनले बताए । ४ सयभन्दा बढी लायनहरूको उपस्थितिमा घान्द्रुकमा हुन लागेको बैठकले यस क्षेत्रको पर्यटनमा विशिष्ट योगदान पुग्ने विश्वास लिइएको छ ।








गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया