राष्ट्रिय महिला अधिकार दिवस मनाइयो

समाधान संवाददाता २०८० जेठ १८ गते १४:०१

पोखरा ।
अखिल नेपाल महिला संघ (अनेमसंघ )कास्कीले पाँचौं राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा प्रशिक्षण आयोजना गरेको छ ।

Advertisement

‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, सामान सहभागिताको लागि सुदृढ संगठन’ भन्ने नाराका साथ भएको कार्यक्रममा कास्कीबाट निर्वाचित अनेमसंघका केन्द्रीय सदस्यहरुलाई सम्मानसमेत गरिएको संघ कास्की अध्यक्ष गीता विश्वकर्माले जानकारी दिइन् ।

नेकपा (एमाले)का स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अनेमसंघको प्रस्तावलाई प्रतिनिधि सभाले २०६३ साल जेठ १६ गते राज्यका निकायमा महिलाको सहभागिता सुनिश्चित गर्ने सार्वजनिक महत्वको प्रस्तावलाई अनुमोदन गरेको बताए । उनले त्यस प्रस्तावलाई आधार मानेर महिलाको प्रतिनित्वलाई संस्थागत गर्नुपर्ने उल्लेख गरे ।

Advertisement

एमाले केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले तत्कालीन बेलामा अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा महिलाको सहभागिता, आमा र बाबु दुबैको नामबाट नागरिकता प्राप्त गर्ने, महिलासँग सम्बन्धित विभेदकारी कानुनको खारेजी गर्ने प्रस्तावलाई समेत संसदले पारित गरेको जनाइन् ।

उनले संघीय गणतन्त्र घोषणा भएपश्चातको संसदले महिला अधिकारको सवालमा महत्वपूर्ण संकल्प प्रस्ताव परित भएको सन्दर्भमा नेपाल सरकारले २०७६ जेठ १६देखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन सुरुवात गरेको बताइन् ।

Advertisement

कार्यक्रममा एमाले कास्कीका इन्चार्ज कृष्ण थापा, पार्टीका केन्द्रीय अनुसासन आयोग सदस्य मित्रकुमारी गुरुङ, कास्की अध्यक्ष मनबहादुर गुरुङ, अनेमसंघका केन्द्रीय सदस्य गंगा कुँवर, गण्डकी प्रदेशका निवर्तमान उपसभामुख सिर्जना शर्मा, अनेमसंघका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज प्रभा कोइराला लगायतले महिला अधिकार दिवसका बारेमा बोलेका थिए ।

यसैबीच पाँचौ राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा मुल समारोह समिति गण्डकी प्रदेशले सचेतनामुलक र्‍याली निकालेको छ । सभागृहचोकबाट सुरुवात भएको र्‍याली सिर्जनाचोक, रत्नचोक, राष्ट्रबैंक चोक, सहिदचोक हुँदै जिल्ला समन्वय समिति कास्कीको परिसरसम्म पुगी सभामा परिणत भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेस सामाजिक विकास तथा स्वास्थ्य मन्त्री मन्त्री सुशीला सिम्खडा लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया