३७० को आँखा जाँच

समाधान संवाददाता २०८० जेठ १८ गते १६:५७

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले बुधबार पोखरा ९ बसपार्कको कृष्णटोलमा निशुल्क आँखा शिविर गरेका छन् । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको शिविरमा ३ सय ७० जनाको आँखा परीक्षण गरेको सेवा केन्द्रका कार्यवहाक अध्यक्ष कमलबहादुर श्रेष्ठले जानकारी दिए ।

अस्पतालका बाह्य कार्यक्रम प्रमुख सुवास नेपालसहित ७ जनाको प्राविधिक टोलीले बिरामीको आँखा परीक्षण गरेको छ । शिविरमा १० जना बिरामीको अपरेसन गर्नुपर्ने र ६३ जनालाई चस्मा वितरण गरिएको कार्यवहाक अध्यक्ष श्रेष्ठले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले सामाजिक संघ, संस्थाले गर्ने सामाजिक तथा मानवीय विकासको कार्यलाई वडा कार्यालयले अपनत्व ग्रहण गर्ने बताए । उनले वडा कार्यालयले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको उल्लेख गरे ।

Advertisement

नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले सुकुम्बासी तथा श्रम क्षेत्रका जनतामा विशेषज्ञ सेवा आवश्यक पर्ने बताए । उनले हिमालय आँखा अस्पताल विशिष्ट सेवा प्रदान गर्ने यस क्षेत्रको एकमात्र अस्पताल भएको जानकारी दिए । अस्पतालका बाह्य कार्यक्रम प्रमुख नेपालले बेला बेलामा आँचा परीक्षण गरी आँखाको अवस्था थाहा पाउनु पर्ने बताए ।

शिविरमा जटिल रोग पत्ता लाग्ने सक्ने जानकारी दिदै उनले आँखाको रोग पत्ता लगाएर बाचुञ्जेल देख्ने बनाउन शिविर गरेको उल्लेख गरे । सेवा केन्द्रका कार्यवहाक अध्यक्ष श्रेष्ठले दुर्गम ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर, आँखा शिविर रक्तदान लगायतको कार्यक्रम गरेको जानकारी दिए ।

Advertisement

सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव उत्तम जोशी, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक तीर्थ शर्मा ढकाल, कृष्ण टोल आमा समूहका अध्यक्ष रुपा केसीले आँखा शिविरको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया