कञ्चनजंघा स्कुलमा अंग्रेजी हिज्जे

समाधान संवाददाता २०८० जेठ १८ गते १७:०३

पोखरा ।
पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा इङ्लिस बोर्डिङ स्कुलमा बिहीबार वार्षिक कार्यतालिका अनुसार आधारभूत तह स्तरीय अन्तर सदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलो सदनका ज्योत्स्ना गुरुङ, कृतिम गुरुङ, यशोदा गेलाल र रिशिका गुरुङको समूह प्रथम र पहेँलो सदनका सम्रता गुरुङ, सुम्निमा तामाङ, सुजाता कोइराला र अनुष्का पौडेलको समूह द्वितीय भएका थिए ।

हिज्जे मास्टरमा अंग्रेजी विषय विभागीय प्रमुख अमृत जिसी र शिक्षिका खेमकुमारी थापा थिए । समयपालक शिक्षक लक्ष्मण बास्तोला र स्कोररमा शिक्षक नवीन पौडेल थिए । विद्यालय सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदेवी गुरुङले विजयी विद्यार्थीहरूलाई बधाई दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया