पत्रकार पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश

समाधान संवाददाता २०८० जेठ १८ गते १७:३०

पोखरा ।
पत्रकार उत्तम पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । पौडेल ग्यालेक्सी फोके टेलिभिजनको गण्डकी ब्युरो प्रमुख थिए । २१ वर्षअघि माछापुच्छ्रे एफएमबाट मिडिया करियरका सिलसिलामा पोखरा एफएम र न्युज २४ फोरमा पनि काम गरेका थिए ।

रास्वपा सभापति रवि लामिछानेबाट पौडेलले सदस्यता लिएका छन् । ‘औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टिको सदस्यता लिएको छु । समाज रुपान्तणका लागि पहिला आफु रुपान्तरित हुन जरुरी छ ।

आउनुहोस् रुपान्तरणको यो अभियानमा सककगै हातेमालो गरौं,’ पौडेलले लामिछानेबाट सदस्यता लिँदै गरेको तस्बिर पोस्ट गर्दै फेसबुकमा लेखेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया