यातायात मजदुर न्यौपाने दम्पत्तीको निधन

समाधान संवाददाता २०८० जेठ १९ गते १६:०७

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी फलफुल ढुवानी इकाई पोखराका पूर्व अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्कीका पूर्व अध्यक्ष मेघबहादुर न्यौपाने र उनकी श्रीमति शान्ति न्यौपानेको मोटर साइकल दुर्घटना परी निधन भएको छ ।

मनकामना दर्शन गरेर जन्म घर धादिङ फर्कने क्रममा पृथ्वीराजमार्गको कुरिनटार नजिकै मोटर साइकल त्रिशुली नदिमा खसेर न्यौपाने दम्पत्तीको निधन भएको जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । मोटर साइकल त्रिशुलीमा खसेर वेपत्ता शान्तिको शव मंगलबार फेला परेको थियो भने मेघबहादुरको शब शुक्रबार फेला परेको थियो । न्यौपाने दम्पत्तीका दुई छोरी छन् ।

सरल स्वभाव र मिजासिला मजदुर नेता न्यौपाने कर्मक्षेत्र पोखरामा श्रमिकका हक,हित र अधिकार रक्षाका लागि क्रियाशिल थिए ।

Advertisement

तपाईको प्रतिक्रिया