यामाहाको ‘रे जेडआर १२५ हाइब्रिड’ स्कुटर पोखरामा

समाधान संवाददाता २०८० जेठ १९ गते १७:४४

पोखरा ।
यामाहा ब्राण्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भिएडब्लु इन्टरप्राइजेज पोखराले शुक्रबार रे जेडआर १२५ हाइब्रिड’ स्कुटर सार्वजनिक गरेको छ । कार्यक्रममा हिमालय रोडिजका कलाकार सुरज सिंह ठकुरी, अनुप बिक्रम शाही, आशिष राना (लाहुरे), दिया मास्के र प्रियंका कार्कीको उपस्थिति थियाे ।

कम्पनीले स्मार्ट मोटर जेनेरेटरसहितको यो स्कुटर नेपालको पहिलो हाइब्रिड स्कुटर भएको दाबी गरेको छ । उपभोक्ताको विभिन्न आवश्यकता र राइडरहरूको प्राथमिकता पूरा गर्न रे जेडआर १२५ हाइब्रिड स्कुटर स्टाण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार ट्रिममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

स्कुटरमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड १२५ सीसी ब्लू कोर इन्जिन रहेको छ । रे जेडआर १२५ शृङ्खलाको हाइब्रिड भेरियन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

Advertisement

साइलेन्ट स्टार्टरको रूपमा समेत चिनिने यो नयाँ प्रणालीसँगै इलेक्ट्रिक पावर सपोर्टले इन्धनको बचत गर्ने कम्पनीले जनाएको छ ।

यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, ९९ किलोग्रामको उल्लेखनीय तौल, युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन र २१ लिटर अन्डर–सिट भण्डारण जस्ता सुविधा रहेको छ ।

Advertisement

इन्टरप्राइजेजका प्रबन्धक सरोज श्रेष्ठले रे जेडआर १२५ हाइब्रिड सिरिजको बारेमा उत्साह व्यक्त गर्दै नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर हाइब्रिड लन्च गर्न पाउँदा गौरवान्दित भएको बताए । शक्ति, शैली र सुरक्षाको संयोजन गरेर अत्याधुनिक उत्पादनहरू ग्राहकलाई उपलब्ध गराउने उनले प्रतिबद्ध गरे ।

रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य दुई लाख ७९ हजार ९०० रूपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया