५७ युनिट रगत संकलन

पोखरा ।
नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक)नेपालको २७ औं स्थापना दिवसको असवसरमा क्युपेक कास्कीले बिहीबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । समारोहमा ५७ युनिट रगत संकलन भएको क्युपेक कास्कीका अध्यक्ष तीर्थराज मगरले जानकारी दिए ।
नेपाल टेड्र युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले कार्यक्रमको उद्घाटन गर्दै श्रमिक देशको जिम्मेवार नागरिक भएको बताए । उनले श्रमिकहरु सामाजिक तथा रचनात्मक काममा समेत सक्रियता पूर्वक लागेको उल्लेख गरे ।
कार्यक्रममा क्युपेक नेपालका केन्द्रीय सचिव तथा कास्कीका पूर्व अध्यक्ष पुण्यप्रसाद उप्रेती, जिफन्ट गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष तथा क्युपेक कास्कीका पूर्व अध्यक्ष लिलाबहादुर कार्की, पूर्व अध्यक्षहरु चन्द्रप्रसाद गुरुङ, गणेश भट्टराई, हरिभक्त श्रेष्ठ, जिफन्ट महिला कमिटीका अध्यक्ष संगीता पाण्डे, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर केसी, क्युपेक कास्कीका अध्यक्ष मगर, उपाध्यक्ष सुर्यप्रसाद उपाध्याय, सचिव जीवन लामा लगायतले युनियनको स्थापना दिवसको बारेका बोलेका थिए ।
क्युपेक नेपाल कास्कीले स्थापना दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कास्की जिल्ला स्तरीय महिला भेला तथा श्रमिक महिलाको पाठेघरको मुखको क्यान्सरको परीक्षण समेत गरेको छ ।
तपाईको प्रतिक्रिया