समन्वय समिति पोखरा ९ मा उत्तम
समाधान संवाददाता
२०८० जेठ १९ गते १८:०६

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ९ भित्र रहेका टोल विकास संस्थाहरुको भेलाले टोल विकास संस्था समन्वय समिति पोखरा ९ को अध्यक्षमा शान्ति दर्शन टोल विकास संस्थाका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।
वडाध्यक्ष दीपेन्द्र मर्सानीको उपस्थितिमा भएको भेलाले समितिको उपाध्यक्षमा जनकल्याण टोल विकास संस्थाका अध्यक्ष क्षेत्रबहादुर गुरुङ, सचिवमा सुन्दर मार्ग टोल विकास संस्थाका अध्यक्ष सुनील उलक, सहसचिवमा शिव टोल विकास संस्थाका अध्यक्ष धु्रव श्रेष्ठ, कोषाध्यक्षमा सहारा टोल विकास संस्थाका अध्यक्ष राजु विक (रत्नबहादुर) लाई सर्वसम्मत चयन गरेको छ ।
सदस्यमा वडा भित्रका सबै टोल विकास संस्थाका अध्यक्ष पदेन सदस्य रहने विधानमा व्यवस्था भएको नवनिर्वाचित अध्यक्ष जोशीले बताए ।
सम्बन्धित









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया