६ दशकका नेपाली ओलम्पियनलाई पोखरामा सम्मान

पोखरा ।
६ दशकका नेपाली ओलम्पियनलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरपालिका, नेपाल ओलम्पियन संघ र पोखरा महानगर खेलकुद विकास समितिकोको व्यवस्थापनमा शनिबार पोखरा प्रभातफेरीसहित ओलम्पियनहरुलाई सम्मान गरिएको हो । नेपालका पहिलो ओलम्पियन क्या.रामप्रसाद गुरुङसहित ५० जना ओलम्पियनहरुलाई पोखराको फेवाताल किनार बाराहीघाटमा सम्मान गरिएको छ ।
गण्डकी प्रदेशका ७ जना ओलम्पियनहरु मध्ये ५ जना सम्मानित भएका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको विकास पर्यटनसँगै खेलकुदका माध्यमबाट समेत उत्ति कै महत्वपूर्ण हुने बताए । पोखरालाई खेल पर्यटनको हबका रूपमा विकास गर्न पोखरा महानगरपालिका निरन्तर लागिरहेको उनले जनाए ।
उनले खेलकुदसँग सम्बन्धित हरेक गतिविधिहरूमा महानगरपालिका सँगै अगाडि बढिरहेको उनले सुनाए ओलम्पियनहरुलाई सम्मान पश्चात् फेवा डुङ्गा व्यवसायी संघको समन्वयमा फेवातालमा डुङ्गा सयर सहित तालबाराही मन्दिरको दर्शन गराइएको पोखरा खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए । सन् १९६४ देखी सन २०२० सम्म सहभागी ओलम्पियनहरूलाई दोस्रो पुनर्मिलन कार्यक्रमको प्रारम्भमा सम्मान गरिएको हो ।
तपाईको प्रतिक्रिया