पोखरा २६ मा बरालको नेतृत्वमा रास्वपा समिति

समाधान संवाददाता २०८० जेठ २० गते १५:५४

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा शनिबार भएको राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले तदर्थ वडा समिति गठन गरेको छ ।
भेलाले वैकुण्ठ बराललाई सर्वसम्वत रुपमा सभापतिमा चयन गरेको हो । ११ सदस्यीय नवगठित समितिको उपसभापतिमा लक्ष्मी रानाभाट र सचिवमा विष्णुप्रसाद सापकोटालाई चयन गरिएको हो ।
समितिको सदस्यहरुमा चन्द्रज्योति ढुंगाना, मेखबहादुर बञ्जरा, अप्सरा पौडेल बराल, कृष्ण कार्की, मुनाकुमारी घिमिरे, भरत पौडेल, यदुलाल लामिछाने र रमेश परियार छन् ।
भेलाले सस्थापक अध्यक्ष हितबहादुर थापालाई वरिष्ठ सल्लाहकारमा चयना गरिएको छ भने अन्य सल्लाहकारमा हरिप्रसाद अधिकारी, आनन्द बजगाई, रामजी बराल, शिवप्रसाद अधिकारी, खेमलाल अधिकारी, रोहितप्रसाद बराल, रेवती अधिकारी, नारायणप्रसाद रानाभाट, खेमराज बराल, जीवन ढुंगाना, एकेन्द्र बञ्जरा र नारायण लामिछाने छन् ।
भेलाले एलपी ढुंगानाको संयोजकत्वमा ¥यापिड एक्सन टिमसमेत गठन गरिएको छ जसको सदस्यहरुमा सूर्यनाथ ढुंगाना, विष्णुहरि अधिकारी, खेम शर्मा र सूर्यनाथ लामिछाने छन् । अन्य सदस्य पछि थप गरिने भएको छ ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पूर्व शिक्षामन्त्री तथा सासंद शिशिर खनालले नेपाल बहुधर्म, भाषा, संस्कृति र जातजाति भएको देश भएकाले सबैलाई समेट्ने गरी संवैधानिक समाजवाद, डिजिटल डेमोक्रेसी र विकासवादको सिद्धान्तलाई पार्टीले अंगीकार गरेको धारणा राखेका थिए ।
कार्यक्रममा सासंद शिव नेपाली, केन्द्रीय प्रशिक्षण विभागका सदस्य माधव प्रसाद कंडेल, पोखरा महानगरपालिकाका सभापति नारायणप्रसाद आचार्य, जिल्ला संयोजक राजु राई, प्रदेश सदस्य डा.दीपक बास्तोला, स्थानीय लेखनाथ सापकोटा र एकेन्द्र बञ्जरा लगायतले नव निर्वाचित समितिलाई बधाई दिँदै पार्टीको विचारका बारेमा आ–आफ्नो धारणा राखेका थिए । तदर्थ समितिका संयोजक हितबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी रानाभाटले र कार्यक्रम सञ्चालन सचिव विष्णु सापकोटाले गरेका थिए ।

तपाईको प्रतिक्रिया