यमनाथको नेतृत्वमा सापकोटा कल्याण केन्द्र

समाधान संवाददाता २०८० जेठ २१ गते १५:०४

पोखरा ।
सापकोटा कल्याण केन्द्र, कास्कीको सातौं साधारण सभा तथा चौथो अधिवेशनबाट सभापतिमा मादी ४ का यमनाथ सापकोटा सर्वसम्मत चयन भएका छन् । समितिमा वरिष्ठ उपसभापति सत्यराज सापकोटा, सचिव सन्तोष सापकोटा, कोषाध्यक्ष कोपिला सापकोटा, सहसचिव नवराज सापकोटा र सहकोषाध्यक्ष कल्पना घिमिरे सापकोटा छन् ।

Advertisement

सदस्यमा सम्मरबहादुर सापकोटा, होमविलास सापकोटा, रामचन्द्र सापकोटा, भीमप्रसाद सापकोटा, अरुणबहादुर सापकोटा, अनीता सापकोटा र विष्णुकुमारी सापकोटा चुनिए ।

संयोजक अधिवक्ता मुक्ति सापकोटा, सदस्यहरु खेमराज सापकोटा, पुण्य सापकोटा र गोपाल सापकोटा रहेको निर्वाचन मण्डलको सहजीकरणमा पदाधिकारी चयन भएका हुन् । सभामा सापकोटा कल्याण केन्द्र केन्द्रीय समिति देवघाटधामका अध्यक्ष डा. कविन्द्र सापकोटाले कुल पुर्खाको खोजी र देशका विभिन्न भाग र विदेशमा समेत रहेका सापकोटाबीच भातृत्वभाव जागृत गर्न केन्द्रले महŒवपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

निवर्तमान केन्द्रीय उपाध्यक्ष तथा प्रदेश सभापति बुद्धिसागर सापकोटाले यसअघि प्रकाशित वंशावलीमा पहिले छुटेका र नयाँ पुस्तालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । केन्द्रीय सल्लाहकार टीकाराम सापकोटाले आफूले देखेका जानेका कुरासमेत बिर्सन थालेको भन्दै वंशावली लगायत अभिलेखीकरण गर्दा आफ्ना इतिहास सुरक्षित हुने तर्क गरे ।

सभामा केन्द्रीय समिति सल्लाहकार ऋषि सापकोटा र टीकाराम सापकोटालाई सम्मान गरिएको छ । कार्यक्रममा अध्यक्ष ऋषि सापकोटा, कोषाध्यक्ष मनोरथ सापकोटा र सचिव रामचन्द्र सापकोटाका प्रतिवेदन पारित भएका छन् । कास्की जिल्ला अध्यक्ष ऋषि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विष्णुकुमारी सापकोटा र जिल्ला कार्यसमिति संयोजक सत्यराज सापकोटाले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया