मगर संघ बूढीबजारमा नयाँ नेतृत्व

समाधान संवाददाता २०८० जेठ २१ गते १५:४६

लेखनाथ ।
नेपाल मगर संघ बूढीबजार इकाइ समितिको शुक्रबार भएको ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेसनले रामबहादुर रानामगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा कृष्णकुमारी थापामगर, सचिव दलबहादुर थापामगर, सहसचिव सविना रानामगर, कोषाध्यक्षमा भीमकुमारी सोमैमगर र सह कोषाध्यक्षमा नेत्राकुमारी आलेमगर छन् ।

Advertisement

सदस्यमा चित्रबहादुर थापामगर, विष्णुमाया थापामगर, धनबहादुर आलेमगर, चन्द्रबहादुर मास्कीमगर, कमल सारुमगर, योगिता थापामगर, हिरा रानामगर, देउकुमारी थापामगर र निता आलेमगर छन् ।

कार्यक्रममा नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुनमगरले मगर जातिको भाषा र संस्कृति रक्षाका लागि एक हुन आग्रह गरिन् ।

नेपाल मगर संघ बूढीबजार इकाइ समिति अध्यक्ष रामबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा। नेपाल मगर संघ कास्कीका संस्कृति विभागका प्रमुख गोविन्द पुनमगर, मगर संघ कास्की जिल्ला उपाध्यक्ष बुद्धिकुमारी थापामगर, जिल्ला सदस्य भीमकुमारी सारुमगर, मगर संघ बूढीबजार इकाइका वरिष्ठ सल्लाहकार यमबहादुर थापा, पूर्व अध्यक्ष गणेशबहादुर आलेमगर, संस्थापक सचिव भोजबहादुर थापामगर, इकाइ समिति सचिव केश गुर्माछान मगर, उपाध्यक्ष भीमकुमारी सारु र कोषाध्यक्ष कृष्णकुमारी मगरले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया